पीएनको सुन्दरतामा अनेरास्ववियुको सरसफाई अभियान

पाेखरा | भदौ २७, २०७९

पीएनको सुन्दरतामा अनेरास्ववियुको सरसफाई अभियान


 

पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले आज (सोमबार)क्याम्पस परिसरमा सरसफाई गरेको छ । 

 

‘‘सफा, सुन्दर  अनि स्वच्छ पीएन अनेरास्ववियुको अभियान’’ भन्ने नारालाई आत्मासाथ गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरसफाई अभियान सञ्चालन गरेको हो । 

 

क्याम्पसको सुन्दरतामा थप सुन्दरता प्रदान गर्ने हेतुका साथ अनेरास्ववियुले यो अभियान सञ्चालन गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले  बताए । 

 

क्याम्पसलाई सदावहार रुपमा   सफा, सुन्दर र स्वच्छ राख्नु हामि सबैको कर्तव्य हो, उनले भने, ‘यस सरसफाई अभियानबाट विद्यार्थीहरुमा सकारात्मक सन्देश पुग्ने र आगामी दिनमा हातेमालोको साथ सरसफाई अभियानामा अघि बढ्ने छन् ।’

 

अनेरास्ववियुले  क्याम्पसको प्रवेश द्वार(गेट) देखि शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन संकाय भवन वरपर र डिलतिर सरसफाई गरेका थिए । 

 

 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्